aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सामुदायिक लघुवित्तले डाक्यो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ माघ २०७७
सामुदायिक लघुवित्तले डाक्यो साधारण सभा

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ५ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले लहरीखर्क रिसोर्ट, बनेपा, काभ्रेपलाञ्चोकमा विहान ११ बजेका लागि सभा बोलाएको हो ।
 
सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव पारित गर्नेछ । 

यस वर्ष कम्पनीले कुनै पनि लाभांश प्रस्ताव गरेको छैन् । गत वर्ष ३२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्ष भने लगानीकर्ताको हात खाली बनाएको हो । साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २५ गते एक दिन बुक क्लोज गर्ने बताएको छ ।
 

प्रतिक्रिया दिनुहोस