aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

१० वित्तीय आरटीजीएसमा थपिए, फाइनान्सबाट ठूलो रकम ट्रान्सफर गर्न सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ माघ २०७७
१० वित्तीय आरटीजीएसमा थपिए, फाइनान्सबाट  ठूलो रकम ट्रान्सफर गर्न सकिने

काठमाडौं ।  नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरतादिदै नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले ८ विकास बैंक र २ फाइनान्स कम्पनीहरुलाई नेपाल राष्ट्र बैंकबाट संचालित आरटीजीएस प्रणालीमा आवद्ध गराएको छ । 

ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक, संग्र्रिला डेभलपमेन्ट बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, आईसीएफसी फाइनान्स र मञ्जुश्री फाइनान्स हालै कनेक्ट आरटीजीएस प्रणालीमा थपिएका छन् । यस अघि २५ वटा वाणिज्य बैंकहरूमा कनेक्ट आरटीजीएस प्रणाली सञ्चालनमा आइसकेको कम्पनीले जनाएको छ ।

आरटीजीएस प्रणाली मार्फत ठूलो मुल्यका र तत्काल गरिने भुक्तानीहरू अब विकास बैंक र वित्त कम्पनीहरुका ग्राहकहरु वा अन्तरबैंक भुक्तानीको लागि प्रयोग गर्न सकिने भएको छ । ग्राहकहरूले आरटीजीएस प्रणाली प्रयोग गर्न आफ्नो बैंक तथा वित्तीय संस्थालाई सम्पर्क गरि उपलब्ध फारम भरी सो सेवा लिन सक्छन् । 
 

प्रतिक्रिया दिनुहोस