काठमाडौं । नेपाल क्रेडिट एण्ड कर्मश (एनसीसी) बैंकले पछिल्लो समय बजारमा भएको हल्ला हल्ला नै मात्र रहेको जनाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एनसीसी बैंकबारे बजारमा चलेको हल्लाबारे सोधेको स्पष्टिकरणको जवाफ दिदै बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्थासँग गाभ्ने तथा गाभिने बिषयमा छलफल नभएको प्रष्टिकरण दिएको हो ।
बैंकले शेयर मूल्यमा प्रभाव पार्ने खालको निर्णय गरेको भए तीन दिन भित्र जानकारी दिन भन्दै नेप्सेले सोधेको स्पष्टिकरण जवाफ दिदै बैंकले एनसीसी बैंक नबिलबैंकसँग मर्जरमा जान लागेको हल्ला चलाएर शेयर बजारमा चलखेल गरिएपछि नेप्सेले सोधेको स्पष्टिकरणको जवाफ दिँदै एनसीसी बैंकले माघ ९ गते सम्पन्न साधारणसभाबाट प्रचलित नियम र कानुनर अनुसार बैंक गाभ्ने गाभिने निर्णय गर्न संचालक समितिलाई अख्तियारी दिने नीतिगत प्रस्ताव मात्र पारित भएको जनाएको हो ।
बैंकले भनेको छ, ‘उक्त साधारण सभाबाट अन्य बैंक तथा वित्तीय संस्था गाभ्ने गाभिने वा प्राप्ति गर्ने, वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा डिडिए गराउने र गाभ्ने गाभिने सम्झौता गर्न संचालकलाई अख्तियारी दिने लगायतका प्रस्ताव पारित गरिएको भएपनि मर्जर तथा प्राप्तिका सन्दर्भमा अन्य बैंक तथा वित्तीय संस्थासँग कुनै छलफल र निर्णय नभएको प्रष्ट पारेको छ । यस बैंकका तर्फबाट शेयर मूल्यमा भाव पार्ने किसिमको कुनै निर्णय तथा कार्य नभएको नगरेको व्यहोरा जानकारी गराउँदछौँ ।’
प्रतिक्रिया दिनुहोस