aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नारायणी डेभलपमेन्ट बैंकलको शतप्रतिशत हकप्रद मंगलबारदेखि विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ माघ २०७७
नारायणी डेभलपमेन्ट बैंकलको शतप्रतिशत हकप्रद मंगलबारदेखि विक्रीमा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले माघ १३ गते (मंगलवार) देखि शतप्रतिशत हकप्रद शेयर विक्री खुला गर्दैछ । कम्पनीले  १०० रुपैयाँ अंकित दरको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद शेयर विक्री खुला गर्न लागेको हो । १ बराबर १ को अनुपातमा विक्रीमा आउँने उक्त हकप्रद शेयरमा फागुन ३ गतेसम्म आवेदन दिन सकिनेछ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पुस २८ गतेसम्म कारोबार भई कायम साविक शेयरधनीहरुले यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्तापूँजी  ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँ रहेको छ भने हकप्रदपश्चात यो पूँजी  १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ पुग्नेछ ।  कम्पनकिो हकप्रद शेयर विक्री प्रवन्धक ग्लोबल आइएमई क्यापीटल लिमिटेड रहेको छ । 

यस कम्पनीले शतप्रतिशत हकप्रद शेयरपछि फेरी २०० प्रतिशत हकप्रद शेयर विक्री गर्ने तयारी गरेको छ । शतप्रतिशत हकप्रद पछि २०० प्रतिशत हकप्रद शेयर विक्री गर्ने प्रस्ताव सहित कम्पनीले माघ १६ गते १९ औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले शतप्रतिशत हकप्रदपश्चात कायम चुक्तापुँजीको आधारमा २०० प्रतिशत हकप्रद शेयर विक्री गरी ३९ करोड ३७ लाख १ हजार रुपैयाँ चुक्तापूँजी पु¥याउने योजना कम्पनीको छ । 


 

प्रतिक्रिया दिनुहोस