aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

नारायणी डेभपलपेन्ट बैंकको हकप्रद शेयर आजदेखि खुल्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ माघ २०७७
नारायणी डेभपलपेन्ट बैंकको हकप्रद शेयर आजदेखि खुल्दै

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर आजदेखि खुल्दैछ । नेपाल राष्ट्र बैंकले तोकेको न्यूजतम चुक्ता पुँजी पुर्याउने प्रयोजनका लागि सो बैंकले प्रस्ताव गरेको १ः१ बराबरको हकप्रद शेयर आजदेखि खुला हुन लागेको हो । यो शेयरको आवेदन फागुन ३ गते बन्द हुनेछ । 

सो बैंकले असोज ७ गतेका लागि बुक क्लोजको मिति तय गरिसकेको छ । सो दिनसम्म शेयरधनी कायम रहेकाले यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । सीआश्वा सेवा भएका सबै बैंकबाट यस्तो हकप्रद भर्न सकिने बैंकले जनाएको छ । सो हकप्रद शेयरको निष्कानि तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । 


 

प्रतिक्रिया दिनुहोस