
काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. ५ करोड २२ लाख ९७ हजार खुद नाफा गरेको छ । कम्पनीले माघ १३ गते सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा गतवर्षभन्दा १३ दशमलव ४८ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ४ करोड ६० लाख ८४ हजार खुद नाफा गरेको थियो ।
यस वर्ष कम्पनीले गत वर्षभन्दा २१ प्रतिशतबढी खराब कर्जा संकलन गरेको छ । गत वर्ष रू. ६ लाख २९ हजार खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष रू. १ करोड ३१ लाख ६३ हजार संकलन गरेको हो । खराब कर्जा संकलन बृद्धि भएकाले कम्पनीको सञ्चालन मुनाफा घटेपनि खुद नाफा बढेको हो ।
यस वर्ष कम्पनीको सञ्चालन मुनाफा भने ३ दशमलव २४ प्रतिशतले घटेको हो । गत वर्ष रू. ७ करोड २१ लाख ८७ हजार सञ्चालन मुनाफा गरेको कम्पनीले यस वर्ष रू. ६ करोड ९८ लाख ४८ हजार मात्र यो मुनाफा गरेको हो । ९ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर रू. ७३ करोड १९ लाख ६० हजार पुगेको छ भने जगेडा कोष रकम शून्य दशमलव ७७ प्रतिशत बढेर रू. ११ करोड ४६ लाख ४९ हजार कायम भएको छ ।
कम्पनीले गत वर्षभन्दा १२ दशमलव ८९ प्रतिशत बढी विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट रू. ३ अर्ब ४३ करोड ९६ लाख ९० हजार कर्जा सापटी लिएको छ भने गत वर्षभन्दा शून्य दशमलव ८५ प्रतिशत कम रू. ३ अर्ब १८ करोड ५८ लाख ७१ हजार कर्जा प्रवाह गरेको छ । कम्पनीको निष्क्रिय कर्जा अनुपात शून्य दशमलव ६४ प्रतिशत पुगेको छ । गत वर्ष यो कर्जा अनुपात शून्य दशमलव १९ प्रतिशत रहेको थियो । कम्पनीको प्रतिशेयर आम्दानी रू. १४ दशमलव २९ र प्रतिशेयर नेटवर्थ रू. ११५ दशमलव ६६ रहेको छ ।
प्रतिक्रिया दिनुहोस