aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

राष्ट्र बैंकले आज १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ माघ २०७७
राष्ट्र बैंकले आज १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आज दिउँसो २ बजे बोलकबोल मार्फत विकास ऋणपत्र २०८४ ङ बिक्री गर्ने भएको हो ।  

बैंकका अनुसार राष्ट्र बैंकले आन्तरीक ऋण उठाउन उक्त ऋणपत्र निकाष्शन गर्न लागेको हो । राष्ट्र बैंकले ७ बर्षको लागि उक्त विकास ऋणपत्र जारी गर्न लागेको हो ।  यसमा बैंक तथा वित्तिय संस्था, गैर बैंक वित्तिय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले उक्त ऋणपत्र खरिद गर्न सक्ने छन् । यसको व्याजदर भने बोलकबोल मार्फत गरिने बताइएको छ । उक्त ऋणपत्र बैंकमा धितो राखेर कर्जा जिक्ने सकिनेछ । उक्त ऋणपत्र खरिद गर्न चाहानेले  अनलाइन मार्फत पनि बोलपत्र पेश गर्न सक्नेछन् । 

बुधबार बोलकबोल भएर माघ १४ गतेदेखि ऋणपत्र निष्काशन हुनेछ । व्याज अर्धबार्षिक रुपमा नै भुक्तानी गरिने छ भने साँवा भने २०८४ माघ १४ गते गरिने छ । इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्ने छन् । गैरप्रतिस्पर्धीलाई १५ प्रतिशत र प्रतिस्पर्धीलाई ८५ प्रतिशत हिस्सा छुट्टाइएको बैंक्ले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस