aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

एनएमबि बैंकको बचतमा सबैभन्दा बढी ब्याज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ माघ २०७७
एनएमबि बैंकको बचतमा सबैभन्दा बढी ब्याज

काठमाडौं । एनएमबि बैंकले सबै भन्दा बढी ब्याज प्रदान गरिरहेको जनाएको छ । हाल बैंकहरुमा निक्षेप थुप्रिरहेको र साना निक्षेपकर्तालाई बचतमा न्युन ब्याज प्राप्त भई लगानीको प्रतिफल संतोषजनक नरहको अवस्थामा सबै वर्गलाई समेटने गरी एनएमबि बैंकले सबैभन्दा बढी ब्याज प्रदान गरिरहेकोे जनाएको हो ।  

माघ महिना अघि देखीनै बचतमा बढी ब्याज दिन शुरु गरेको एनएमबि बैंकले सर्वसाधारण ग्राहकलाई वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी ब्याज बचतमा ५.१ प्रतिशतसम्म र मुद्दतीमा ८.१ प्रतिशतसम्म प्रदान गरिरहेकोे छ ।  

बैंकद्वारा जारी विज्ञप्ति अनुसार हाल मुख्यतया बैंकहरु कर्जा सापटीमा केन्द्रित भएको देखिएता पनि चार बर्षमा तीन पटक बैंक अफ दि इयर अवार्ड पाएको एनएमबिले भने स–साना निक्षेपकर्ताहरुलाई मर्का नपरोस भनेर अधिकतम ब्याजको योजना अघि सारेको हो ।   

प्रतिक्रिया दिनुहोस