aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

निष्क्रिय कर्जा घट्दा सनराइज बैंकको नाफामा सुधार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ माघ २०७७
निष्क्रिय कर्जा घट्दा सनराइज बैंकको नाफामा सुधार

काठमाडौं । सनराइज बैंकको नाफामा सामान्य सुधार आएको छ । चालु आर्थिक वर्षको पुस महिनासम्म सो बैंकले ९४ करोड ९४ लाख रुपैंया नाफा कमाएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा ९४ करोड ४३ लाख रुपैयाँ मात्रै थियो । 

पुस मसान्तमा बैंकले ९२ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरी ८६ अर्ब ९६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अघिल्लो वर्षको तुलनामा क्रमश: २ अर्ब र ५ अर्ब रुपैंयाँले बढी हो । 

सनराइज बैंकले यो अवधिमा १ अर्ब ८१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिका २ अर्ब ४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । ब्याज आम्दानी र ब्याज खर्च दुबै घटे पनि ब्याज खर्च भन्दा ब्याज आम्दानी घट्दा खुदब्याज आम्दानीमा यस्तो प्रभाव देखिएको हो । 

यो अवधिमा सनराइज बैंकको कर्मचारी खर्च र अन्य सञ्चालन खर्चमा दुवै बढेको छ । बैंकले कर्मचारी खर्चमा ७८ करोड ४३ लाख र अन्य सञ्चालन खर्चमा ३२ करोड ६६ लाख रुपैयाँ खर्च गरेको छ । 

हाल ९ अर्ब ४८ करोड चुक्ता पुँजी भएको बैंकसँग ७९ करोड रुपैयाँको नबाँडिएको नाफा र ३ अर्ब ९१ करोड रुपैयाँ बराबरको जगेडा कोष छ । सो बैंकको जगेडा कोषमा २३ करोडले सुधार भएको हो । 

बैंकको पुँजीकोष अनुपात १४.५३ प्रतिशत रहेको छ । निष्क्रिय कर्जा अनुपात घटेर १.०६ प्रतिशत पुगेको छ । निष्क्रिय कर्जा घटेकै कारण बैंकको इम्पेरिमेन्ट चार्ज ९ करोडले घटेको छ । यसले नाफामा सकारात्मक प्रभाव पारेको देखिएको छ । बैंकको पुँजीकोषको लागत ७.१४ प्रतिशत रहँदा सीसीडी अनुपात ७४.५४ प्रतिशत रहेको छ । बैंकको आधारदर ९.९९ प्रतिशत र ब्याजको स्प्रेडदर ५.१४ प्रतिशत रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस