aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

१ अर्बभन्दा बढी खुद नाफा गरेको नेपाल बैंकको वितरणयोग्य नाफा करिब ६८ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ माघ २०७७
१ अर्बभन्दा बढी खुद नाफा गरेको नेपाल बैंकको वितरणयोग्य नाफा करिब ६८ करोड

काठमाडौं । नेपाल बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. १ अर्ब ३५ करोड ४ लाख २३ हजार खुद नाफा गरेको छ । बैंकले बुधवार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत वर्षको यसै अवधिको तुलनामा यो नाफा शून्य दशमलव १५ प्रतिशतले बढेको हो । गत वर्ष बैंकले रू. १ अर्ब ३५ करोड २३ लाख ९६ हजार खुद नाफा गरेको थियो ।

यो अवधिसम्म बैंकको वितरणयोग्य नाफा भने रू. ६७ करोड ८२ लाख ५ हजार छ । सञ्चालन मुनाफा भने गत वर्षभन्दा करिब १८ प्रतिशत बृद्धि भएको छ । गत वर्ष रू. १ अर्ब ७३ करोड ४६ लाख ४१ हजार सञ्चालन मुनाफा गरेको बैंकले यस वर्ष रू. २ अर्ब ४ करोड ६२ लाख २२ हजार गरेको हो ।

यस वर्ष १२ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको  बैंकको चुक्तापूँजी बोनसपश्चात रू. १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार पु¥याएको बैंकको जगेडा कोष रकम साढे १२ प्रतिशत बढेर रू. १५ अर्ब ५९ करोड ३४ लाख ७ हजार कायम भएको छ ।

 निक्षेप संकलन गत वर्षभन्दा ५ दशमलव २७ प्रतिशत बढी रू. १ खर्ब ४८ अर्ब ९९ करोड ४८ लाख ६८ हजार भएको छ भने बैंकले गत वर्षभन्दा १ प्रतिशत बढी रू. १ खर्ब १६ अर्ब ६१ करोड ६ लाख ७० हजार कर्जा प्रवाह गरेको छ ।

गत वर्ष २ दशमलव ६६ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष २ दशमलव ८८ प्रतिशत पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी रू.३१ दशमलव ३७ र प्रतिशेयर नेटवर्थ रू. २५३ दशमलव १८ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस