aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

कामना सेवा विकास बैंकले माघ २२ गतेदेखि ऋणपत्र विक्री गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ माघ २०७७
कामना सेवा विकास बैंकले माघ २२ गतेदेखि ऋणपत्र विक्री गर्ने

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले माघ २२ गतेदेखि १० वर्षे अवधिको ऋणपत्र विक्री गर्ने भएको छ । कम्पनीले प्रतिऋणपत्र रू. १ हजार अंकित दरको १० लाख कित्ताले हुन आउँने रू. १ अर्ब बराबरको ऋणपत्र विक्री खुला गर्न लागेको होे ९ प्रतिशत व्याजदरको उक्त ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम २० हजार कित्ता सम्म दरखास्त दिन सकिने व्यवस्था छ । 

कम्पनीले कुल १० लाख कित्तामध्ये ६ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई विक्री गर्नेछ भने बाँकी ४ लाख कित्ता सर्वसाधारणका लागि छुट्याएको छ । सर्वसाधारणको लागि छुट्याएको मध्यबाट ५ प्रतिशतका दरले २० हजार कित्ता सामूहिक लगानीकोषलाई बाँडफाँट गरिसकिएको छ ।

 अब आम सर्वसाधारणका लागि ३ लाख ८० हजार कित्ता सार्वजनिक निष्कासनमा आउनेछ । यो ऋणपत्र छिटोमा माघ २६ गते र ढिलोमो चैत ६ गतेसम्म विक्रीमा रहनेछ । ऋणपत्रको विक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।  
 

प्रतिक्रिया दिनुहोस