
काठमाडौं । ग्लोबल आइएमई बैंकको नाफा ३७.३२ ले वृद्धि भएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनेसार बैंकले २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ कमाउन सफल भएको छ । बैंकले गत आर्थिक वर्षको सोहि अविधिमा १ अर्ब ६८ करोड ५९ लाख रुपैयाँ कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा गत वर्षको आम्दानीभन्दा ३७.३२ प्रतिशतले वृद्धि भएको हो ।
यो त्रैमाससम्ममाबैंकको वितरण योग्य मुनाफा १ अर्ब ४३ करोड २० लाख रुपैयाँ, बैंकको खुद ब्याज आम्दानी १ अर्ब २२ करोड ३१ लाख रुपैयाँ बढेर ४ अर्ब ७७ करोड १८ लाख रुपैयाँ र बैंकको सञ्चालन मुनाफा ८६ करोड ८६ लाख रुपैयाँ बढेर ३ अर्ब २३ करोड ७६ लाख रुपैयाँ पुगेको छ।
पुस मसान्तसम्ममा २१ अर्ब ६३ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ७० करोड ८ लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ६३ पैसा पुगेको छ । नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानीमा सुधार देखिएको छ।
गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १७ रुपैयाँ ७७ पैसा रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २१ रुपैयाँ ४० पैसा कायम भएको छ।
प्रतिक्रिया दिनुहोस