aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

एनसीसी बैंकले ६१ करोड ४० लाख खुद नाफा कमायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ माघ २०७७
एनसीसी बैंकले ६१ करोड ४० लाख खुद नाफा कमायो

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ६१ करोड ४० लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको यो नाफा गत वर्षको यही अवधिको तुलनामा १८.८२ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म बैंकले ७५ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा ४१ करोड ६६ लाख रुपैयाँ रहेको छ भने समीक्षा अवधिसम्म बैंकले सञ्चालन मुनाफाबापत ८५ करोड ६० लाख रुपैयाँ आर्जन गरेको छ। यो पनि गत वर्षको तुलनामा १९।२० प्रतिशतले कम हो। गत वर्ष सञ्चालन मुनाफा १ अर्ब ५ करोड रुपैयाँ रहेको थियो।

त्यस्तै, दोस्रो त्रैमाससम्म बैंकले १ अर्ब ४४ करोड खुद ब्याज आम्दानी गरेको छ। जुन गत वर्ष १ अर्ब ६६ करोड रुपैयाँ थियो। बैंकले ९७ अर्ब ९५ करोड रुपैयाँ निक्षेप संकलन गरी ७७ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ७२ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरी ६५ अर्ब २ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

प्रतिक्रिया दिनुहोस