काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. १ अर्ब ३० करोड ४४ लाख ७१ हजार खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म बैंकको यो नाफा रू. ९५ करोड २ लाख ४ हजार रहेको थियो । गत वर्षभन्दा यस वर्ष ३७ दशमलव २८ प्रतिशतले बैंकको खुद नाफा बढेको हो ।
यस वर्ष सञ्चालन नाफा ३४ दशमलव ४६ प्रतिशत बढेको छ । गत वर्ष रू. १ अर्ब ३५ करोड ९७ लाख ६२ हजार सञ्चालन नाफा गरेको बैंकले यस वर्ष रू. १ अर्ब ८२ करोड ८४ लाख ५१ हजार यो नाफा गरेको छ । बिहीवार सार्वजनिक बैंकको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा रू. ६८ करोड १३ लाख २० हजार छ ।
हाल बैंकको चुक्तापूँजी रू. १४ अर्ब ६६ करोड ४९ लाख ६४ हजार रहेको छ । जगेडा कोष रकम शून्य दशमलव ७१ प्रतिशत बढेर रू. २ अर्ब ९४ करोड ७२ लाख २६ हजार कायम भएको छ । यस वर्ष शून्य दशमलव ५७ प्रतिशत बढी रू. १ खर्ब २८ अर्ब ६२ करोड ४२ लाख ८५ हजार निक्षेप संकलन गरेको बैंकले ११ दशमलव ६७ प्रतिशत बढी रू. १ खर्ब २३ अर्ब ३९ करोड ५८ लाख ३३ हजार कर्जा प्रवाह गरेको छ ।
गत वर्ष १ दशमलव ४९ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष बढेर १ दशमलव ७१ प्रतिशत पुगेको छ । बैंकको यो अवधिसम्म प्रतिशेयर आम्दानी रू. १७ दशमलव ९७ र प्रतिशेयर नेटवर्थ रू. १३१ दशमलव ६४ रहेको छ ।
प्रतिक्रिया दिनुहोस