aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 
बैंकको प्रगति

घट्यो बैंकको प्रतिशेयर आम्दानी, ६ बैंककोमात्र १५ प्रतिशतभन्दा माथि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ माघ २०७७
घट्यो बैंकको प्रतिशेयर आम्दानी, ६ बैंककोमात्र १५ प्रतिशतभन्दा माथि

काठमाडौं । अधिकांश बैंकहरूको कमाइ ( रिटर्न अन इक्विटी) १५ प्रतिशतभन्दा तल झरेको छ । बैंकहरूको २०७७/७८ को दोस्रो त्रैमासमा आधारित वित्तीय विवरणअनुसार  अधिकांश बैंकहरू आरओई १५ प्रतिशतभन्दा कम भएको हो । आरओई कम हुनु भनेको शेयरबाट हुने कमाइ कम हुनु हो ।  यसको अर्थ शेयर लगानीकर्ताले एक सय रुपैयाँ बैंकमा लगानी गर्दा १५ रुपैयाँ भन्दा कम कमाइ गरिरहेका छन् भन्ने हो । यस्तो कमाइलाई शेयरधनीको आम्दानी अर्थात् रिटर्न अन इक्विटी (आरओई) भनिन्छ । चालु आवमा २६ वटा वाणिज्य बैंकमध्ये सबैभन्दना बढी आरओई एनआईसी एशिया बैंकको रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा एनआईसी एशिया बैंकको आरोई २४ प्रतिशत आरओई छ । गएको त्रैसाससम्म बैंकको आरओई २३.४५ प्रतिशत र गत आवमा २६.४८ प्रतिशत रहेको थियो । चालु आवको यो अवधिमा बैंकको आरओई घटेपनि अन्य बैंकको तुलनामा भने बैंकको आरओई बढी छ । यो अवधिमा सबैन्दा कम कमाइ सिभिल बैंकको रहेको छ । सिभिल बैंकको प्रतिसेयर आम्दानी ३.९८ प्रतिशत रहेको छ । बैंकको पहिलो त्रैमासमा ३.७७ प्रतिशत र ६.४२ प्रतिशत रहेको थियो । 

शेयर धनीलाई बढी कमाइ दिने बैंकको दोस्रो स्थानमा प्रभु बैंक रहेको छ । बैंकले एक सय रुपैयाँ लगानी गर्ने शेयर धनीलाई १९ रुपैयाँ ९९पैसा कमाइ दिन सक्ने भएको हो । बैंकको गत आवमा यस्तो क्षमता जम्मा १५ रुपैयाँ १८ पैसामात्र थियो । चालु आवको पहिलो त्रैमासमै यो क्षमता बढेर २२ रुपैयाँ ४१ पैसा रहेको छ । यो अवधिमा प्राइम बैंकले पनि  आरओई बढाएर १७ रुपैयाँ ६१ पैसा पुर्याएको छ । गत आर्थिक वर्षको अन्त्यसम्म बैंकको १३ रुपैयाँ ५३ पैसामा आरओई रहेको थियो । गत आवको यहि समयमा भने बैंकको १२ रुपैयाँ ३२ पैसा थियो । 

चालु आर्थिक वर्षको यो अवधिमा १५ प्रतिशतभन्दा कम आरओई भएका २० वटा बैंक रहेका छन् । यी मध्ये पनि ११ वटा बैंकको आरओई १० प्रतिशतभन्दा माथि र बाँकी १० बैंकको आरओई १० प्रतिशतभन्दा कम रहेको छ । नविल, एनएमबी, मेगा, कुमारी, नेपाल बंगलादेश बैंक, सनराइज, माछापुच्छे«, सिटिजन, नेपाल इन्भेष्टमेन्ट बैंक र लक्ष्मी बैंकको आरओई १० प्रतिशत भन्दा बढी रहेको छ । 

बैंक अप काठमाण्डू, स्ट्यान्डर्ड चार्टर्ड बैंक, कृषि विकास बैंक, नेपाल क्रेडिट एण्ड कमर्श, सेन्चुरी, नेपाल बैंक, हिमालय बैंक, नेपाल एबीआई र सिभिल बैंकको आरओई ३ प्रतिशतदेखि १० प्रतिशतभन्दा तल रहेको छ । कोभिडका कारण व्यापार व्यवसाय फस्टाउन नसक्दा अधिकांश बैंकहरूको नाफा गएको आवको तुलनामा घटेको छ । अधिकांश बैंकले नाफा घटेको छ । अधिकांश बैंकको नाफा घटेपछि प्रतिशेयर आम्दानी घटेको हो । नाफाको आधारमा प्रतिशेयर आम्दानी पनि बढ्दै जानुपर्ने सैद्धान्तिक मान्यता भएका कारण यो वर्ष बैंकहरूको नाफा घटेका कारण आरओई पनि घटको हो ।

प्रतिक्रिया दिनुहोस