aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

बिओके क्यापिटलको सञ्चालकमा चार जना नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ माघ २०७७
बिओके क्यापिटलको सञ्चालकमा चार जना नियुक्त

काठमाडौं । बिओके क्यापिटलको विशेष साधारणसभा शुक्रबार सम्पन्न भएको छ । बैंक संचालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा विशेष साधारणसभा सम्पन्न भएको हो ।

उक्त साधारण सभाले संस्थाको संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने चार जनालाई संचालकमा निर्विरोध नियुक्त गरेको छ । नियुक्त हुनेमा महेश मिश्रसहित चन्द्रराज शर्मा, दिपक गौतम र रविन्द्र बल्लब पन्त रहेका छन् ।

साथै संस्थाको ७० औं संचालक समितीको बैठकले महेश मिश्रलाई पुनः ४ बर्षको लागी अध्यक्ष नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस