aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

गरिमा विकास बैंकको कर्जा अफर, सेवा शुल्कमा भारी छुटदेखि ऋण स्थानान्तरण निःशुल्क

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १७ माघ २०७७
गरिमा विकास बैंकको कर्जा अफर, सेवा शुल्कमा भारी छुटदेखि ऋण स्थानान्तरण निःशुल्क

काठमाडौं ।  गरिमा विकास बैंक लिमिटेडले आफ्नो कर्जा प्रवाह रणनीतिलाई थप प्रभावकारी बनाउन नयाँ कर्जा सुविधाहरु सार्वजानिक गरेको छ । बैंकले नयाँ कर्जा सुविधाहरु अन्तर्गत'Garima Easy SME Loan' र / 'Garima Easy Home Loan'  सार्वजानिक गरेको हो । 

हाल विश्वमा आएको महामारी कोभिड १९ यस विषम परिस्थितिमा वढ्दो वेरोजगार तथा उघमीहरुको उघमशिलतामा समेत ह्रास आएको वेलामा उघमीहरुलाई सरल र सहज तवरवाट कम व्याजदरमा कर्जा सुविधा उपलब्ध गराएको बैंकले जनाएको छ । 

लगानीको वातावरण सृजना तथा उघमशिलताको विकास सगै रोजगार सृजनामा ठुलो टेवा पुगोस् भनी बजारमा थप आक्रामक तवरवाट बजार विस्तार गर्न गरिमा विकास बैंकले कर्जा सुविधाहरु लिएर आएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए । 

दुबै कर्जा सुविधाहरु ८.८८ प्रतिशत ब्याजदरमा उपलब्ध भएको र धितो मुल्याङ्कनको शत प्रतिशत'Garima Easy SME Loan' मा लगानी गर्न सकिने छ भने कर्जाको प्रकृति हेरी लागतको शतप्रतिशतसम्म 'Garima Easy Home Loan' मा कर्जा प्रवाह गर्न सकिने बैंकले जानकारी दिएको छ । 

साथै अन्य बैंक तथा वित्तिय संस्थाबाट निःशुल्क कर्जा सार्न सकिने र दुवै कर्जाको सेवा शुल्कमा पनि ५० प्रतिशतसम्म छुट सुबिधा पाउन सकिने छ । हाल गरिमा विकास बैंकले १०६ शाखा कार्यालयहरु र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवमं गुणस्तरिय बैकिङ्ग सुविधा दिदै आईरहेको छ । 

प्रतिक्रिया दिनुहोस