
काठमाडौं । चालू आर्थिक वर्षकोे १० महिनाको अवधिमा मुलुकको चालू खाता एवम् शोधनान्तर स्थिति कमजोर देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार चालू खाता घाटा र शोधनान्तर स्थिति अघिल्ला आर्थिक वर्षको तुलनामा बढ्दै गएको देखिएको हो। अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा चालू खाता घाटा करिब ३० अर्ब रुपैयाँले र शोधनान्तर घाटा करिब ४० अर्ब रुपैयाँले बढेको छ।
चालू आर्थिक वर्षको १० महिना अवधि अर्थात वैशाख मसान्तसम्ममा चालू खाता घाटा बढेर २ खर्ब २१ अर्ब ४० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १ खर्ब ९२ अर्ब ५ करोड रुपैयाँ रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको १० महिनामा १ अर्ब ८६ करोड रुपैयाँ रहेको चालू खाता घाटा समीक्षा अवधिमा १ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ।
१० महिना अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब २० रुपैयाँ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १८ अर्ब ९३ करोड रुपैयाँले घाटामा रहेको थियो। अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको १० महिनामा १८ करोड ४८ लाख रुपैयाँले घाटामा रहेकोमा समीक्षा अवधिमा ६० करोड २ लाख रुपैयाँले घाटामा रहेको छ।
समीक्षा अवधिमा पँुजीगत ट्रान्सफर १३ अर्ब ४८ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी ९ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पँुजीगत ट्रान्सफर १४ अर्ब १५ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी १५ अर्ब ५१ करोड रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस