aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 
दोस्रो त्रैमास

कर्जा प्रवाहमा एनआईसी एशिया अगाडि, १० बैंकको कर्जा खर्बभन्दा तल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ माघ २०७७
कर्जा प्रवाहमा एनआईसी एशिया अगाडि, १० बैंकको कर्जा खर्बभन्दा तल

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वाणिज्य बैंकमध्ये सबैभन्दा बढी कर्जा एनआईसी एशिया बैंकले प्रवाह गरेको छ । २७ वटा वाणिज्य बैंकमध्ये दुई वटा बैंकले दुई खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन् भने १५ बैंकको कर्जा प्रवाह एक खर्बभन्दा माथि रहेको छ ।

बाँकी १० बैंकले भने खर्बभन्दा कम कर्जा प्रवाह गरेका छन् । बैंकहरूले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा जम्मा ३२ खर्ब २३ अर्ब्र कर्जा प्रावह गरेक छन् । गएको त्रैमास अर्थात असोजसम्म बैंकहरूको कर्जा लगानी जम्मा ३० खर्ब १७ अर्ब रुपैयाँमात्रै थियो । ३ महिनाको अवधिमा बैंकहरूले कर्जा बढाएर २ खर्ब आठ अर्बले कर्जा बढाएका हुन् । 

कोभिडका कारणले ठप्प जस्तै भएको व्यापार व्यवसाय पहिलो त्रैमासमा तुलनामा दोस्रो त्रैमासमा राम्रो हुँदै गएको र आर्थिक गतिविधि पनि बढेकाले लाने प्रवाह बढ्दै गएको नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए । 

बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा एनआईसी एशिया बैंकले २ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेर बढी लोन प्रवाह गर्ने पहिलो बैंक बनेको हो । पहिलो त्रैसासम्म एनआईसी एशियाको लोन प्रवाह २ खर्ब ३ अर्बमात्रै थियो । तीन महिनाको यो अवधिमा बैंकले २९ अर्बले बढाएर २ खर्ब ३ अर्ब पुर्याएको हो । अन्य बैंकको तुलनामा एनआईसी एशिया बैंकले बेसरेछमा बढी प्रिमियम जोड पनि बैंकले प्रवाह गरेको लोन भने सबैभन्दा बढी छ । 

बढी कर्जा प्रवाह गर्ने बैंकको सूचीमा ग्लोबल आईएमई बैंक परेको छ । बैंकले चालु आवको यो अवधिसम्म जम्मा २ खर्ब १३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । पहिलो त्रैमासमा बैंकले एनआईसी एशियाको जति नै लोन प्रवाह गरेको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख गरिएको छ । 

लोन बढी प्रवाह गर्ने बैंकको तेस्रो सूचीमा नबिल बैंक परेको छ । बैंकले चालु आर्थिक  वर्षको पहिलो ६ महिनामा १ खर्ब ७९ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको हो । पहिलो त्रैमाससम्म बैंकको कर्जा प्रवाह एक खर्ब ६६ अर्ब ८८ करोड रुपैयाँ मात्र थियो  । 

समीक्षा अवधिमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले एक खर्ब ७० अर्ब १४ करोड कर्जा प्रवाह गरेको छ । समीक्षा अवधिमा बैंकले १६ अर्ब रुपैयाँले कर्जा बढाएको छ । पहिलो त्रैमाससम्म बैंकले एक खर्ब ५४ अर्ब कर्जा प्रवाह गरेको  थियो ।  सिद्धार्थ बैंक कर्जाले पनि कर्जा प्रवाह बढी गर्ने बैंकको पाँचौं सूचीमा परेको छ । सिद्धार्थ बैंकले यो अवधिमा १ अर्ब ४३ करोड कर्जा प्रवाह गरेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकले एक खर्ब ४२ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको हो । 

त्यसरी नै एनएमबी बैंकको लोन प्रवाह एक खर्ब ४२ अर्ब रहेको छ भने सरकारी स्वामित्वको अर्को बैंक कृषि विकास बैंकले एक खर्ब ३२ अर्ब ४८ करोड कर्जा प्रवाह गरेको छ । प्रभु बैंकले एक खर्ब २९ अर्ब ७६ करोड, मेगा बैंकले एक खर्ब २७ अर्ब २९ करोड तथा प्राइम कमर्शि्रयल बैंकले एक खर्ब २४ अर्ब कर्जा प्रवाह गरेका छ । 

त्यस्तै नेपाल बैंक र एभरेष्ट बैंकले एक खर्ब २० अर्ब, कुमारी बैंकले एक खर्ब १९ अर्ब, हिमालयन बैंकले एक खर्ब १४ अर्ब, माछापुच्छ«े बैंकले एक खर्ब ७ अर्ब रुपैयाँ र सानिमा बैंकले एक खर्ब ४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । अत्य बैंकले भने एक खर्ब भन्दा कम कर्जा प्रवाह गरेको बैंकहरूको वित्तीय विवरणमा उल्लेख गरिएको छ । 
 
 

प्रतिक्रिया दिनुहोस