aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सांग्रिला डेभलपमेन्ट बैंक र स्पारोबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ असार २०७६
सांग्रिला डेभलपमेन्ट बैंक र स्पारोबीच सम्झौता


काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र स्पारो पे प्रा। लि। बिच खल्ती ९डिजीटल वालेट० सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

 बैंक र उक्त कम्पनी बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत  सुयोग श्रेष्ठ र स्पारो कम्पनीको तर्फबाट उक्त कम्पनीका निर्देशक  ध्रुब अधिकारीले हस्ताक्षर गरेका थिए ।  

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु जस्तै मोबाईल बैंकिङ्ग, लकर, एटिम, इन्टरनेट बैंकिङ्ग, एबिबिस, रेमिटयान्स आदि सुविधाहरु दिंदै आएकोमा हाल निकै प्रचलनमा रहेको पेमेन्ट गेटवे खल्ती ९म्ष्नष्तब िध्बििभत० संग सम्झौता गरेको छ । 

यस सुविधा अन्तर्गत सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुले इन्टरनेट बैंकिङ्ग तथा मोबाईल बैंकिङ्गद्वारा आफ्नो खातामा रहेको  रकम  खल्ती ९म्ष्नष्तब िध्बििभत० मा लोड गरी मोबाईल टपअप, एअर टिकट खरिद, खानेपानी शुल्क भुक्तानी, विद्युत महसुल भुक्तानी, सिनेमाका टिकेट जस्ता विभिन्न अन्य सुविधाहरु प्राप्त गर्न सकिन्छ ।

 यो सेवालाई सांग्रिला डेभलपमेन्टका विभिन्न शाखाहरुका काउन्टरबाट डिपोजिट फर्म भरेर पनि यो सुविधा उपयोग गर्न सकिन्छ । यस सेवा अन्तर्गत ग्राहकहरुले बैंकको हाल संचालनमा रहेका ८५ वटै शाखाहरुबाट आफ्ना ग्राहक वर्गहरुलाई यो सुविधाको थालनी गरेको यसै प्रेस विज्ञप्तिमा उल्लेख छ । 
 

प्रतिक्रिया दिनुहोस