aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

एनआईसी एशिया लघुवित्तमा स्वतन्त्र संचालक नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ माघ २०७७
एनआईसी एशिया लघुवित्तमा स्वतन्त्र संचालक नियुक्त

काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र नयाँ सञ्चाकल नियुक्त गरेको छ । लघुवित्तको शुक्रबार बसेको १०२औं संचालक समितिको बैठकबाट स्वतन्त्र संचालकको पदमा सन्जु अधिकारीलाई नियुक्त गरेको हो ।

अधिकारी पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन  । उनीसँग बैंक तथा वित्तीय संस्थाको कार्यअनुभव रहेको  साथै बैंकिङ क्षेत्रसँग सम्बन्धीत विभिन्न लेखहरु प्रकाशित तथा प्रशिक्षण प्रदान गर्ने कार्य समेत गर्दै आएका छन । संचालक समितिका अध्यक्ष कपिल ढकालले उच्चतम व्यवसायिक अभ्यास सहित योग्यतम व्यक्तिलाई संस्थाको स्वतन्त्र संचालकका रुपमा चयन गरिएको जानकारी दिए ।

यस संस्था प्रतिको भरोसा सहित हाल १२० शाखा कार्यालयहरुबाट करिव ४७ हजार सदस्यहरु सहित करीव ३६ हजार कर्जा सेवाग्राहीहरुको सहयात्रीको रुपमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आइरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस