
काठमाडौ. । एनआईसी एशिया बैंकले सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं। ६ को सीतापुर, झापा जिल्लाको मेचीनगर नगरपालिका, वडा नं। १ को गाडागल्ली र मेचीडाँगीमा आफनो ३३, ३४ र ३५ औंं शाखारहित बैंकिङ्ग सेवा असार ४ गतेबाट संचालनमा ल्याएको छ ।
उक्त शाखारहित बैंकिङ्ग सेवाका बैंक प्रतिनिधिको रुपमा श्री रमेश गुप्ताज्यूलाई नियुक्त गरिएको छ । यसै गरी गाडागल्ली र मेचीडाँगी शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन मेचीनगर नगरपालिका वडा नं। १ का वडा अध्यक्ष पासाङ्ग तामाङ्गले गरेका थिए । गाडागल्ली शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा भावना श्रेष्ठ र मेचीडाँगी शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा लोकनाथ लामिछानेलाई नियुक्त गरिएको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट स्थानीयबासीहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा ९जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम० को महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ ।
बैंकका मुलुकभर २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्स्टेन्सन काउण्टर एवं ३५ वटा शाखारहित बैंकिङ्ग ईकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १६ लाख ग्राहक रहेको बैंकले दावी गरेको छ ।
प्रतिक्रिया दिनुहोस