
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले शेयर मार्केटलाई साधारण जनताको पहुँचसम्म पु¥याउन ‘मेरो शेयर बचत खाता’ सार्वजानिक गरेको छ । यो खाताअन्तर्गत ग्राहकहरुले न्युनतम पाँच सय रुपैयाँमा खाता खोली निःशुल्क डिम्याट खाता र निःशुल्क सी–आस्बा सुविधालिन सकिने बैंकले जनाएको छ । पहिला नै डिम्याट खाताहुने ग्राहकहरुले पनि यो खाता खोली निःशुल्क सी–आस्बाको सुविधालिन सक्ने छन ।
वर्तमान अवस्थामा कोभिड १९ को महामारीको कारणले अर्थतन्त्र शिथिल भएको अवस्थामा लगानीमा सकुंचन आएका कारण समग्र अर्थतन्त्रमा बचतको व्याजदरमा कमीआउँदा समेत यस बैंकले ‘मेरो शेयर बचत खाता’मा आर्कषक ५.५ प्रतिशत ब्याजदर प्रदान गर्ने बताएको छ । हाल गरिमा विकास बैंकले देशका ३५ जिल्लामा १०६ शाखा कार्यालयहरु र ५१ ए.टि.एम.मार्फत ग्राहकहरुलाई सरल, सुरक्षितएवं गुणस्तरीय बैकिङ्ग सुविधा दिदै आईरहेको छ ।
प्रतिक्रिया दिनुहोस