aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

बैंक अफ काठमाण्डूका ग्राहकले खल्ती लिंक गर्दा १ सय बोनस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ माघ २०७७
बैंक अफ काठमाण्डूका ग्राहकले खल्ती लिंक गर्दा १ सय बोनस

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुले खल्ती डिजिटल वालेटमा आफ्नो बैंक खातालाई लिंक गर्दा एक सय रुपैयाँ बोनसको साथमा सिधै बैंकबाट भुक्तानी सुविधा पाउने भएका छन ।

ग्राहकहरुले बैंक अफ काठमाण्डू लिमिटेडको खातालाई बैंकको मोबाईल बैकिङ्ग सेवामा दर्ता भएको मोबाइल नम्बरबाट पहिलो पटक खल्ती वालेटमा लिंक गर्ना साथ तुरुन्तै १०० रुपैयाँ बोनस प्राप्त गर्ने सक्नुहुनेछ । यसरी खाता लिंक गर्दा पहिलो पटक मात्र बोनस सुविधा पाइने छ । यस बोनस योजनामा बैंक अफ काठमाण्डू लिमिटेडको मोबाईल बैंकिङ्गको प्रयोगकर्ताहरुले मात्र सहभागी हुन सक्ने बैंकले जनाएको छ ।  

ग्राहकहरुले आफ्नो बैंक खातालाई खल्ती वालेटमा लिंक गरे पश्चात् उक्त वालेट मार्फत विभिन्न वस्तु तथा सेवाहरुको खरिद गर्न सक्नुहुनेछ । साथै, बैंकका ग्राहक महानुभावहरुले वस्तु तथा सेवा खरिद पश्चात् सिधै बैंक खाताबाट भुक्तानी गर्न सक्नुहुनेछ ।  

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस