aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

६ महिनामा मेरो माइक्रो फाइनान्सको नाफा १४ करोडभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ माघ २०७७
६ महिनामा मेरो माइक्रो फाइनान्सको नाफा १४ करोडभन्दा बढी

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. १४ करोड ७ लाख ३२ हजार खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ८ करोड १९ लाख ९५ हजार यो नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफा ७१ दशमलव ६३ प्रतिशत बढी भएको हो ।

सञ्चालन नाफा ५० प्रतिशत बढेको छ । गत वर्ष रू. ११ करोड ७ लाख १५ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. १६ करोड ६२ लाख ७६ हजार यो नाफा गरेको हो । यस वर्ष १६ दशमलव ९३ प्रतिशत बोनस शेयर मार्फत पूँजी बढाएर रू. १ अर्ब पु¥याएको छ । जगेडा कोष रकमप नि गत वर्षभन्दा २८ दशमलव ८२ प्रतिशत बढी रू. ३४ करोड ५३ लाख ५१ हजार कायम भएको छ । 

विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसँग १०४ प्रतिशत बढी रू. ७ अर्ब २९ करोड ९१ लाख ९१ हजार कर्जा सापटी लिएको कम्पनीले १०४ प्रतिशत बढी रू. १० अर्ब ४७ करोड ७८ लाख ३२ हजार कर्जा प्रवाह गरेको छ । कम्पनीको निक्षेप संकलन गत वर्षभन्दा ४५ प्रतिशत बढी रू. २ अर्ब ११ करोड ४६ लाख ६६ हजार भएको छ । गत वर्ष रू. १ करोड ८३ लाख ४४ हजार खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष रू. ५ करोड ६२ लाख ९६ हजार संकलन गरेको छ ।

खराब जर्का संकलन बढेपनि कम्पनीको निष्क्रिय कर्जा अनुपात १ दशमलव ८० प्रतिशत गत वर्ष रहेकोमा यस वर्ष बढेर २ दशमलव शून्य ५ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी रू. २८ दशमलव १५ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १३४ दशमलव ५४ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस