aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

एनएमबि बैंक र नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ माघ २०७७
एनएमबि बैंक र नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघबीच सम्झौता

काठमाडौं । एनएमबि बैंक लिमिटेड र नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघबीच सम्झौता भएको छ । संघका सदस्यहरूको क्षमता अभिवृद्घि, वित्तीय परामर्श, संघका सदस्यहरुलाई सहजपूर्ण कर्जा उपलब्ध तथा खाता सञ्चालन सहितका विविध क्षेत्रका गतिविधिहरूमा साझेदारी स्थापना गर्ने गरी द्विपक्षीय सम्झौता भएको हो । 

उक्त सम्झौता अनुसार एनएमबि बैंकका तर्फबाट लघु, साना तथा मझौला कर्जा र लघुवित्त प्रमुख,  बुद्धि कुमार मल्ल र नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघका तर्फबाट केन्द्रिय उपाध्यक्ष,  कृष्णचन्द्र पौडेलले हस्ताक्षर गरेका हुन् । 

एनएमबि बैंक समृद्ध नेपाल निर्माणमा सहभागी हुने लक्ष्य सहित देशको दिगो विकासमा टेवा पु¥याउने क्षेत्रहरु जस्तै साना तथा मझौला उद्योग, कृषि, जलश्रोत लगायत उद्यमशिलता प्रवद्र्धनमा महत्वपूर्ण भुमिका खेल्दै आईरहेको छ ।

एनएमबि बैंकले हाल देशभरी १८० शाखा, १३५ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।
 

प्रतिक्रिया दिनुहोस