aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

एनआईसी बैंकले तीन कम्पनीको संस्थापक शेयर लिलाममा बिक्री गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० माघ २०७७
एनआईसी बैंकले तीन कम्पनीको संस्थापक शेयर लिलाममा बिक्री गर्दै

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले विभिन्न ३ कम्पनीहरुको संस्थापक शेयर लिलाममा बिक्री गर्दैछ । बैंकले सूर्या लाईफ इनस्योरेन्स, नागरिक लगानी कोष र नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको हो । 

बैंकले सूर्या लाइफ इन्स्योरेन्सको १ लाख ७३ हजार ८४४ कित्ता शेयर न्युनतम शेयरमूल्य प्रतिकित्ता ३७८ रुपैयाँ, नागरिक लगानी कोषको १ लाख ८२ हजार ५६० कित्ता शेयर न्यूनतम शेयरमूल्य प्रतिकित्ता १ हजार ६२३ रुपैयाँ र नेशनल लाइफ इन्स्योरेन्सको ९२ हजार २६६ कित्ता शेयर न्युनतम शेयरमूल्य प्रतिकित्ता ५३० रुपैयाँमा बिक्री गर्न लागेको हो। 

सो शेयर खरिदका लागि योग्य लगानीकर्ताहरुले माघ २० गतेदेखि २६ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस