aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्रको समय थप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० माघ २०७७
नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्रको समय थप

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ऋणपत्रमा आवेदन दिने समय माघ ३० गतेसम्म थप गरिएको छ । बैंकको ऋणपत्र माघ १६ गतेदेखि बिक्री खुला गरेको ऋणपत्रमा छोटो अवधिमा आवश्यक आवेदन नपरेपछि म्याद लम्बिएको हो । ‘नेपाल इन्भेष्टमेन्ट बैंक बोन्ड २०८४’ नामक सात बर्षे अवधिको ऋणपत्रमा हाल वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा प्रदान गरिरहेको ब्याज भन्दा बढी ब्याज दिनेगरी ऋणपत्रको बिक्री खुला गरेको हो । 

 प्रतिकित्ता एक हजार रुपैयाँ अंकित ऋणपत्र ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र बिक्री खुला गरेको छ। बैंकले निष्काशन गरेको ४ अर्बको ऋणपत्र मध्ये १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सामुहिक लगानी कोषलाई र बाँकी सर्वसाधारणले आवेदन गर्न पाउनेछन् । 

बैंकको ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाउनेछन् । वाणिज्य बैंकहरुले निक्षेपकर्तालाई १ वर्षको ६ देखि अधिकतम ८ प्रतिशत ब्याज दिँदै आएका छन् भने बचतको व्याजदर औसतमा २ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस