
काठमाडौं । सिटिजन बैंक दोहोर अंकको लाभांश दिन सक्ने अबस्थामा रहेको बताएको छ । मंगलबार बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बैंकका डिपुटी सिइओ बोधराज देवकोटाले यस्तो बताएका हुन । बैंकको प्रति शेयर आम्दानी १२ प्रतिशतले वृद्धि भएको उनले बताए ।
पुसमा खुद ब्याज आम्दानी १२.३९ प्रतिशत, शुल्क कमिसन १९ प्रतिशत र सञ्चालन मुनाफा २१.५६ प्रतिशतले वृद्धि गर्न सफल भएको उनले जानकारी दिए । बैंकको प्रतिफल र परफर्मेन्सका आधारमा हाल धितोपत्रको दोस्रो बजारमा भइरहेको कारोबारको मूल्य अण्डर भ्यालु भइरहेको समेत उनले बताए ।
बैंकको खुद ब्याज आम्दानी पोहोर एक अर्ब ४३ करोड रुपैयाँ रहेकोमा यसपाली एक अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । बैंकले खुद नाफा २७ प्रतिशतले बढाएको छ । उनले भने, हामीले ख र ग वर्गका वित्तीय संस्थाहरु एक्वायर गर्ने हो । कुन मोडालिटी र कुन वित्तीय वित्तीय संस्थालाई कसरी एक्वायर गर्ने भन्ने अध्ययन गरेर सोही अनुरुप काम गर्छौं ।
बैंकको सञ्चालक समितिबाट मर्ज तथा अक्यायर गर्ने नीति पारित गरेको भएकाले पनि सिटिजन बैंकले विदेशी बैंकसँग पनि जोइन्ट भेन्चरमा पनि जान तयार रहेको उनले बताए । उनले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा अन्य वित्तीय संस्थाहरुको वित्तीय विवरणको समेत तुलना गर्दै भने, अन्य १६ वटा बैंक नेगेटिभ ग्रोथ देखिएको छ । अन्य बैंकहरुको नेट फि एण्ड कमिसन १२ वटा बैंकको घटेको छ । यस्तो आम्दानी सिटिजन बैंकको भने १८ प्रतिशत वृद्धि भएको छ ।
बैंकको सञ्चालन नाफा पनि राम्रो रहेको उनले उल्लेख गरे उनले भने, 'अन्य बैंकहरुको नाफाको रेन्ज १.४ प्रतिशतदेखि ५३.४ प्रतिशतसम्म नेगेटिभ देखिएको छ । यसमा हामी २१.५ प्रतिशत ग्रोथमा छौं । '
सिटिजन बैंकले भर्खरै मात्र तिनाउँ विकास बैंकलाई अक्वायर गरेको बैंकले यो बीचमा तीन वर्षे रणनीति बनाएर राखेको उनले बताए । उनले भने, 'हाम्रो तीन वर्षे रणनीति सञ्चालक समितिबाट पास गराइसकेका छौं । अबको हाम्रो रणनीति हाल सञ्चालनमा रहेका बैंकमध्ये हामी टप टेन भित्र पर्ने गरि जाने हो । अर्को वर्ष नै सिटिजन्स बैंक टप टेन बैंक भित्र पर्छ भन्ने हाम्रो विश्वास छ ।'
बैंकले बनाएको तीन वर्षे रणनीति बैंक सञ्चालक समितिबाट पारित हुन बाँकी रहेको डिसिईओ देवकोटाले बताए । उनले भने, 'रणनीति भनेको वैदेशिक साझेदार भित्र्याउने पनि हो । यहि रणनीति अनुसार नै फेरि अर्को विकास बैंकलाई अक्वायर गर्ने योजना यस भित्र छ ।'
बैंकका दुई आर्थिक वर्षका वित्तीय विवरणमा रहेका सकारात्मक इन्डिकेटरहरु देखाउदै उनले भने, बैंकको मूख्य इन्डिकेटर भनेको प्रति शेयर आम्दानी हो । गत वर्षको सोहि अवधिको र चालु आवको दोस्रो त्रैमासलाई तुलना गर्दा २३ वटा बैंक नेगेटिभमा छन् । नेगेटिभको रेञ्ज २ देखि ७० प्रतिशतसम्म छ । तर, सिटिजनको १२ प्रतिशत ग्रोथ छ । बैंकमा अर्को भनेको व्याजबाट गरेको आम्दानी हेर्ने हो हामीले यो अवधिमा १२.३९ प्रतिशत ब्याज आम्दानी गरेका छौं । यहि अवधिमा अन्य बैंकहरुको ब्याज आम्दानी १७ वटाको नेगेटिभ रहेको छ ।
उनले भने, 'यहि अवधिमा गैर ब्याज आम्दानीमा ६ वटा बैंक नेगेटिभ भएको अवस्था छन् हामी भने ५३.७ प्रतिशतले ग्रोथमा छौं । यसले हामीलाई धेरै सहयोग गरेको छ । व्यापार आम्दानीमा ११ वटा बैंकको नेगेटिभ स्थितिमा छन् भने हामी यसमा ७८.२८ प्रतिशत वृद्धिको अबस्थामा रहेका छौं ।'
देवकोटाले दोस्रो त्रैमाससम्म आइपुग्दा १८ वटा बाणिज्य बैंकको नाफा घटेको बताएका छन । सिटिजन बैंकले भने यो अविधमा २७.६० प्रतिशत नाफामा वृद्धि गर्न सफल भएको दावी गरेका छन् । साथमा उनले यहि अवधिमा वितरण योग्य नाफामा पनि अन्य १९ वटा बैंहरुको घटेको छ । सिटिजन बैंकले भने यो अवधिमा यसमा पनि ३६.५५ प्रतिशतको वृद्धि गरेको जानकारी दिएका थिए ।
चालू आर्थिक वर्षका दोस्रो त्रैमाससम्ममा गत वर्षको सोहि अवधिको भन्दा बैंकले ११.२७ प्रतिशतले लगानी वृद्धि गरेको बताए । लगानी वृद्धि भएकाले अब बैंकका लगानीकर्तालाई दुई अंकको लाभांश दिने योजनामा बैंक रहेको समेत उनले बताए ।
प्रतिक्रिया दिनुहोस