aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

मञ्जुश्री फाइनान्सकोे ऋणपत्र फागुन २ गतेसम्म विक्रीमा रहने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ माघ २०७७
मञ्जुश्री फाइनान्सकोे ऋणपत्र फागुन २ गतेसम्म विक्रीमा रहने

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको ऋणपत्र फागुन २ गतेसम्म विक्री खुला हुने भएको छ । कम्पनीले माघ १८ गतेदेखि आठ वर्षे अवधिको ऋणपत्र विक्री खुला गरेको थियो । कम्पनीले ९ दशमलव ५ प्रतिशत ब्याजदर भएको प्रतिऋणपत्र रू. १ हजार अंकित दरको रू. ५० करोड बराबरको ५ लाख कित्ता कित्ता ऋणपत्र विक्री खुला गरेको हो । 

कुल कित्तामध्य रू. ३० करोड बराबरको ३ लाख कित्ता कम्पनीले व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ भने बाँकी रू. २० करोड बराबरको २ लाख कित्ता सर्वसाधारणका लागि छुट्याएको छ । सर्वसाधारणलाई छुट्याएको मध्यबाट ५ प्रतिशतका दरले १० हजार कित्ता ऋणपत्रि सामूहिक लगानीकोषमा बाँडफाँट गरी १ लाख ९० हजार कित्ता सार्वजनिक निष्कासन गरेको हो । 

छिटोमा माघ २१ गते र ढिलोमा फागुन २ गतेसम्म विक्रीमा रहने भनिएको यो ऋणपत्र छिटो अवधिभित्र वितरण हुन नसकेपछि ढिलो अवधिसम्म विक्री खुला गर्न लागेको हो । यो ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिने व्यवस्था छ । यो ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

 विक्री प्रबन्धकसँगै ऋणपत्र खरिदका लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर र मेरो शेयर मोवाइल एपबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको ऋणपत्रलाई केयर रेटिङ नेपालले समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्ध्मा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्ने केयर एनपी डबल बी रेटिङ प्रदान गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस