aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेरुडे लघुवित्तले फागुन २२ गतेको लागि बोलायो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ माघ २०७७
नेरुडे लघुवित्तले फागुन २२ गतेको लागि बोलायो साधारण सभा

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २२ गते १४ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको माघ १८ गतेको सञ्चालन समितिको बैठकले प्रस्तावित लाभांश सहित विविध प्रस्ताव पारित गर्न उक्त दिन सभा गर्ने निर्णय गरेको हो । सभाले सञ्चालक समितीले प्रस्ताव गरेको ८ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।
 
साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन ७ गते देखि २२ गते सम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन ६ गते सम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. ४५ करोड ७२ लाख ९४ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।
 

प्रतिक्रिया दिनुहोस