
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र होटल मेरिडियन सुनधारा बीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट क्रेडिट र प्रिभिलेज कार्डवाहक होटल मेरिडियनमा सेवा लिंदा विशेष छुट पाउँनेछन् । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस