aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

सूर्योदय लघुवित्तको शेयरमूल्य १० प्रतिशत बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ माघ २०७७
सूर्योदय लघुवित्तको शेयरमूल्य १० प्रतिशत बढ्यो

काठमाडौं । बिहीवार सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको लाभांश हालसम्म सार्वजनिक नगरेको कम्पनीको शेयरमूल्य बिहीवार सर्वाधिक बढेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १७५ ले बढेर अन्तिम मूल्य रू. १ हजार ९२५ कायम भएको हो ।

 बिहीवार कारोबारको पौने दुई घण्टामा यस कम्पनीको ४ हजार ९९८ कित्ता शेयर खरिद माग रहेको छ । विक्रीकर्ता शून्य हुदाँ कम्पनीको मूल्यमा उच्च बृद्धि भएको हो । कम्पनीको उक्त कित्ता शेयर न्यूनतम रू. १ हजार ६९० देखि अधिकतम रू. १ हजार ९२५ सम्मको मूल्यमा खरिद गर्ने माग रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस