aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

बैंकिङ कसूर मुद्दाका फरार ५५ वर्षीय मणि थापा पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ माघ २०७७
बैंकिङ कसूर मुद्दाका फरार ५५ वर्षीय मणि थापा पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका–६ ईमाडोल बस्ने ५५ वर्षीय मणि कुमार थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

थापाले घर जग्गाको काम गर्ने सिलसिलामा विभिन्न ब्यक्तिहरुसँग रकम लिई सो बापत विभिन्न बैंकको चेक काटिदिने र सो पश्चात बैंकमा पैसा जम्मा नगरी सम्पर्क बिहिन हुने गरेको भन्ने सूचना आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले थापालाई काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो ।

 थप अनुसन्धानको क्रममा थापा महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय प्रहरी बृत सातदोबाटोमा बैंकिङ् कसुर मुद्दामा समेत फरार रहेको खुल्न आएको उक्त महाशाखाले जनाएको छ । 

उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस