
काठमाडौं । नबिल बैंक र उपाय सर्भिसेसबीच सम्झौता भएको छ । बैंकको ग्राहकहरुको आवश्यकता अनुसार उपाय प्लेट फर्ममा उपलब्ध विभिन्न सेवाहरु प्रदान गरेर लघु, साना र मझौला उद्यमहरूलाई सहयोग गर्ने सम्झौता गरेको हो ।
यस रणनीतिक साझेदारी अन्तर्गत, बैंकका लघु, सानार मझौला उद्यमी ग्राहकहरुले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न उपाय सर्भिसेसको सेवा लिने सम्झौतामा उल्लेख छ । यसबाहेक, उपायले सार्वजनिक सेवाको बारेमा सजिलो र पारदर्शी समाधान प्रदान गर्नुको साथै बैंकका ग्राहकलाई आवश्कता बमोजिम क्षेत्रगत विशेषज्ञको सेवा उपलध गराउनेछ । निरज कुमार बस्नेत (डनिल), प्रमुख एस.एम.ई तथा लघुवित्त, नबिल बैंक र श्री राजु के.सी., महाप्रबन्धक, उपाय सर्भिसेसले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
साझेदारीको बारेमाबोल्दै, नबिल बैंक, एस.एम.ई तथा लघुवित्त, प्रमुखश्री निरज कुमार बस्नेत (डनिल) ले भने, “नबिल बैंक लघु, साना तथा मझौला उद्यमीहरुलाई वित्तीय पहु“चमा बृद्धि तथा समग्र अर्थतन्त्रको विकासको गर्नका लागि विभिन्न सुविधाहरू र सेवाहरू उपलब्ध गराउन सधैं अग्रसर रहेको छ । हामी हाम्रो ग्राहकहरु र बैंकको दिगो विकासको लागि लघु, साना तथा मझौला उद्यमीहरुलाई उचित वित्तीय कारोबार अभ्यासको अनुसरण गर्न र देशको कानून र नियमनको पालना गर्न मद्दत गर्दै आएका छौ। हामीलाई आशा छ कि यो साझेदारीले लघु, साना तथा मझौला उद्यमीहरुको वित्तीय व्यवस्थापनमा हालको अन्तर पूर्ण गर्न मद्दत पु¥याउँछ ।”
“नबिल बैंक लिमिटेडस“गको सहकार्य निकै फलदायी भएको छ, उपाय सर्भिसेसका महाप्रबन्धक राजु केसीले भने। उनी थप भन्छन्, “उपायले कर्जा सम्बन्धी सेवाहरू बाहेक वित्तीय व्यवस्थापन, कानूनी, कर र व्यवस्थापन सम्बन्धी परामर्शमा व्यावसायिक सेवाप्रदान गरेर बैंकका विभिन्न ग्राहकहरूलाई मार्गदर्शन र मद्दत गर्न सक्षमभएको छ। बैंकका १००ं भन्दा बढी ग्राहकहरू उपाय सर्भिसेसबाट आजसम्म सेवाहरू उपयोग गरेर लाभान्वित भएका छन् ।”
प्रतिक्रिया दिनुहोस