aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

ग्लोबल आइएमई बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ माघ २०७७
ग्लोबल आइएमई बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच सम्झौता

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज र ग्लोबल आइएमई बैंकबीच सम्झौता भएको छ ।  बैंकिङ्ग क्षेत्रका सेवाग्राहीलार्ई भुक्तानी उपकरण र डिजिटल बैंकिङ्ग पहँुच सजिलै पु¥याउने उद्देश्यले विकास गरेको आम्नी च्यानल डिजिटल बैैंकिङ सेवा उपलब्ध गरान सम्झौता गरेको हो । 

परम्परागत प्रणालीलाई विस्थापित गर्दै नगद रहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवर्धन गर्ने स्मार्ट च्वाइस टेक्नोलोजिजले बैंक तथा वित्तीय संस्थाहरुलाई यस्ता सेवाको सम्झौता गरेको हो । 

डिजिटल प्रविधिमा अभ्यस्त हुँदै गएका बैकिंङ्ग क्षेत्रका ग्राहकको बढ्दो आवश्यकता माग पूरा गर्न यस प्रकारका सहकार्य सहयोगी हुने अपेक्षा दुबै कम्पनीहरुको रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस