aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

निफ्रा शेयर तपाईलाई परेको भए, मेरो शेयर चेक गर्नुहोस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २४ माघ २०७७
निफ्रा  शेयर तपाईलाई परेको भए, मेरो शेयर चेक गर्नुहोस

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ खातामा आएको छ । माग १६ गते बाँडफाँट भएको शेयरमा ६० कित्तासम्म शेयर परेको थियो । ४ लाख ९२ हजार ७२ जनाले ६० कित्तासम्म शेयर पाएका थिए ।
 
१० देखि ५० कित्तासम्म माग गर्ने सबै आवेदकलाई माग बमोजिम शेयर बाँडफाँट गर्दा १ करोड १२ लाख १९ हजार ८० कित्ता बाँडफाँट भएको थियो । त्यस्तै ६० कित्तादेखि २ लाखसम्म माग गर्ने सम्पूर्ण आवेदकहरुमा ५० कित्ताका दरले ५ करोड ९७ लाख २०० कित्ता शेयर बाँडफाँट गरिएको थियो  । 

यसरी बाँडफाँटपछि बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता शेयर ६० देखि २ लाख कित्तासम्म माग गर्ने सम्पूर्ण आवेदकलाई एउटै समूहमा राखी थप दश कित्ताका दरले ४ लाख ९२ हजार ७२ जनालाई शेयर बाँडफाँट गरिएको थियो । यस आईपीओमा १४ लाख ८१ हजार २८४ जनाको आवेदन परेको थियो । कुल आवेदकमध्य ६ हजार २७६ जनाको आवेदन रद्ध भएको छ । योग्य आवेदक १४ लाख ७५ हजार ८ जनालाई बाँडफाँटमा सहभागी गराईएको थियो । 

कम्पनीले माघ २ देखि ६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । कम्पनीले रू. ८ अर्ब बराबरको ८ करोड कित्तामध्य ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको हो । कुल कित्तामध्य ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानीकोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको थियो । 

अधिकत पूँजी रू. ४० अर्ब र जारी पूँजी रू. २० अर्ब रहेको बैंकको हाल चुक्तापूँजी रू. १२ अर्ब रहेको छ । आईपीओ पश्चात कम्पनीको जारी पूँजी बराबरको रकम कायम भएको छ । यस कम्पनीले धितोपत्र बजारको इतिहासमै सबैभन्दा बढी कित्ता शेयर सर्वसाधारणमा जारी गरेको थियो । 

प्रतिक्रिया दिनुहोस