aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

अब कुमारी स्मार्ट मार्फत आन्तरिक रेमिटेन्स पठाउन मिल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ माघ २०७७
अब कुमारी स्मार्ट मार्फत आन्तरिक रेमिटेन्स पठाउन मिल्ने

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो मोबाइल बैकिङ्ग एप्लिकेसन कुमारी स्मार्ट मार्फत नै आन्तरिक विप्रेषण पठाउन मिल्ने व्यवस्था ल्याएको छ । रेमिटकर्ताले प्रापकको नाम र मोबाईल नम्बरको आधारमा देशव्यापी जसलाई पनि रेमिट्यान्स पठाउन सक्नेछन् । 

रेमिट रकम प्राप्त गर्नका लागी ग्राहकवर्गले कुमारी बैंकका देशव्यापी शाखाहरु र बैंकका १० हजार भन्दा अधिक रेमिट एजेन्ट कार्यालयहरु मार्फत रकम बुझ्न सक्नेछन् । नेपालमा यस्तो सहज रेमिट भुक्तानी सुविधा सुरुवात गर्ने बैंकमा कुमारी बैंक एक रहेको छ । सो प्रणाली मार्फतको कारोबार सीमा भने प्रचलित मोबाइल बैंकिङ्ग दैनिक कारोबार सीमा अन्तर्गत नै पर्नेछ ।

ग्राहकले आफ्नो कुमारी स्मार्ट एप्लिकेशन खोलि कुमारी रेमिट फिचरमा क्लिक गरि प्रापकको विवरण र सम्पर्क नम्बर राखेर आफूले चाहेको रकम रेमिट गर्न सक्नेछन् । यसका लागी न कुनै फारम, कागजातको झन्झट, न त कुनै कार्यालय धाई राख्नुपर्ने भएकाले ग्राहकहरूलाई थप सन्तुष्टि र सुविधा पुग्नेमा बैंक विश्वस्त छ ।

आफ्नो कुमारी स्मार्ट एप्लिकेसनमा उक्त फिचर सम्मिलित गरे पश्चात् पुनः बैंक समयसापेक्ष डिजिटल बैकिङ्ग प्रणालीतर्फ द्रुत गतिमा लम्किँदै गएको वास्तविकता प्रष्ट झल्किएको छ । आफ्नो डिजिटल सामथर््यलाई परिस्कृत गर्न कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६३ एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ ।  
 

प्रतिक्रिया दिनुहोस