aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

तयारी पोशाक व्यवसायीलाई सहुलियत कर्जा दिन त्रिपक्षीय सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ माघ २०७७
तयारी पोशाक व्यवसायीलाई सहुलियत कर्जा दिन त्रिपक्षीय सम्झौता

काठमाडौं । तयारी पोशाक व्यवसायीहरुलाई सहुलियत पूर्ण कर्जा तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ । मेगा बैंक नेपाल लिमिटेडका तर्फबाट प्रमुख, साना तथा मझौला कर्जा जनक भट्टराई, मेगा क्यापिटल मार्केट्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठ, नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघको तर्फबाट अध्यक्ष किशोर नेपालबीच आज मिति शनिबार त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।   

यस सम्झौता अनुसार मेगा क्यापिटल मार्केट्सले तयारी पोशाक उत्पादन गर्ने उद्यमी व्यवसायीहरुको व्यवसाय तथा कम्पनी दर्ताको निमित्त आवश्यक कागजात तयार गरिदिने र दर्ताको लागि गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने, आवश्यकता अनुसार वित्तीय सल्लाह, वित्तीय प्रक्षेपण लगायतका बैंकमा कर्जाको लागि आवश्यक कागजातहरु तयार गरिदिने तथा आवश्यकता अनुसार सम्बन्धित उद्यमी व्यवसायको प्रतिनिधित्व गरी कर्जा स्वीकृतिको प्रक्रियामा सहयोग गर्नेछ । 

यसले स्थानीय स्तरमा तयारी पोशाक उत्पादकहरुको वित्तीय पहुँच बढाई व्यवसाय वृद्घि तथा विस्तारमा सहयोग पुग्नु र यसबाट राष्ट्रको  आत्मनिर्भरता अभियानमा टेवा पुग्नुका साथै साना तथा मझौला उद्ममी र उहाँहरुसँग आवद्ध मजदुरको जीवनस्तरमा सुधार हुने अपेक्षा गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस