aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

ग्लोबल आइएमई बैंकको नयाँ शाखा दाङको लमहीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ माघ २०७७
ग्लोबल आइएमई बैंकको नयाँ शाखा दाङको लमहीमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले दाङको लमहीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमबीच शाखाको औपचारिक उद्घाटन गरेका छन । 

शाखा उद्घाटन समारोहमा बोल्दै बैंकका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले “सबैका लागि बैंक”भन्ने मुलनारालाई चरितार्थ गर्दै बैंक उद्योगी, व्यवसायी एवम् आम सर्वसाधारण सबैको भएको बताएका छन  । 

उनले स्थानीय स्तरबाट संकलन हुने रकम स्थानीय स्तरकै आर्थिक, भौतिक र सेवा क्षेत्रको विकासमा लगानी गरिने प्रतिबद्धता व्यक्त गरेका थिए  । ढकालले यो क्षेत्रको आर्थिक विकास र सम्भावित पूर्वाधार विकासमा सहयोग पु¥याउन बैंक स्थापना भएको बताए । 

बैंकले सानातथा स्वरोजगार व्यवसायदेखि कर्पोरेट क्षेत्रसम्म लगानी गरेको बताउँदै बैंकका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले बैंकले ७४ जिल्लाबाट आफ्नो सेवा दिएको बताए । 

\कार्यक्रममा नेपालउद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा उद्योग समितिका सभापति भरत आचार्य, देउखुरी उद्योग वाणिज्य संघका उपाध्यक्ष बिनोदकुमार पाण्डे लगायतले मन्तब्य व्यक्त गरेका थिए । 

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले देशका ७४ जिल्लामा फैलिएको २६८ शाखा सञ्जाल सहित २४१ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४५ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत सेवा सञ्चालन गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस