aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

एनसीसी बैंकले २५ लाखकित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ माघ २०७७
एनसीसी बैंकले २५ लाखकित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्ने

काठमाडौं । नेपाल क्रेटिड एण्ड कमर्स (एनसीसी) बैंकले २५ लाख कित्ता संस्थापक तर्फको शेयर लिलामी प्रकृयाबाट विक्री गर्ने भएको छ । बैंकले फागुन २ गतदेखि ९ गतेसम्म बोलकबोल गर्न सकिने गरी उक्त शेयर विक्री खुला गर्ने भएको हो ।

यो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनी लगायत अन्य इच्छुक ब्यक्ति फर्म कम्पनी तथा संगठित संस्थाहरुले तोकिएको मितिभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । 

न्यूनतम मूल्य प्रतिशेयर रू. १४० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी न्यूतमम १ एक हजार कित्ता देखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो शेयर विक्री प्रबन्धकमा सन्राइज क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस