aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

बैंकको शेयरमा लगानीकर्ताको आकर्षण, प्रभु बैंकको सर्वाधिक कारोबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ माघ २०७७
बैंकको शेयरमा लगानीकर्ताको आकर्षण, प्रभु बैंकको सर्वाधिक कारोबार

काठमाडौं । सोमबार शेयर बजारमा बैंकिङ र विकास बैंक समूहको परिसूचक सर्वाधिक बढेको छ । यो दिन लगानीकर्ताहरु बैंकिङ र विकास बैंकका शेयरप्रति बढी आकर्षित भएका हुन । कारोबारको तेस्रो घण्टाको अवधिमा विकास बैंक समूहको परिसूचक सर्वाधिक २ दशमलव ४३ प्रतिशतले बढेको छ भने बैंकिङ समूह २ दशमलव २३ प्रतिशतले बढेको छ । 

बजारले २ हजार ५०० विन्दु पार गरिसक्दाको अवस्थामा बल्ल बैंकिङ समूह चम्किने संकेत देखिएको हो । यो दिन तेस्रो घण्टामा रू. ७ अर्ब ५४ करोडभन्दा बढीको शेयर खरिद विक्री भएको छ । कारोबारमा सर्वाधिक हिस्सा प्रभु बैंकको रहेको छ । 

तेस्रो घण्टामा प्रभु बैंकको रू. ३७ करोड ७० लाख ८८ हजार बराबरको शेयर कारोबार भएको छ । यस अवधिसम्म सर्वाधिक शेयरमूल्य भने ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको बढेको छ । यस कम्पनीको ९ दशमलव ९२ प्रतिशतले मूल्य बृद्धि भई रू. १ हजार ८६ कायम भएको हो ।
 

प्रतिक्रिया दिनुहोस