aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

बैंक अफ काठमाण्डूका ग्राहकलाई डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसमा १० प्रतिशत छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ माघ २०७७
बैंक अफ काठमाण्डूका ग्राहकलाई डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसमा १० प्रतिशत छुट

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसबिच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ । 

यस सम्झौता पश्चात् ग्राहकहरुले डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसको सेवाहरु उपभोग वापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १० प्रतिशत छुट पाउनेछन् । 

डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसले रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ । 

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । 

प्रतिक्रिया दिनुहोस