aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

भ्यालेनटाइनमा एनएमबि बैंकको कार्डबाट सामान किन्दा विशेष १० प्रतिशत छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ माघ २०७७
भ्यालेनटाइनमा एनएमबि बैंकको कार्डबाट सामान किन्दा विशेष १० प्रतिशत छुट

काठमाडौं । एनएमबि बैंकले यस भ्यालेनटाइनस सप्ताहको अवसरमा विशेष अफर ल्याएको छ । सो अवसरमा बैंकले आफ्नो भिजा कार्डहरु प्रयोग गरी विभिन्न स्टोर्स र ब्राण्डको समान सुलभ किस्ता दरमा खरिद गर्नुको साथै छुटको अफर ल्याएको हो ।  

यसका लागि बैंकले विभिन्न रेष्टुरेण्ट, केक सपमा कुनै सामान खरिद गर्दा १० प्रतिशत छुट प्रदान गर्ने जनाइएको छ । बैंकले विभिन्न अवसरमा यस्ता आकर्षक अफरहरु आफ्नो ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धी थप जानकारी एनएमबि बैंकको वेवसाईटको एनएमबि भिसा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ ।

एनएमबि बैंकले हाल देशभरी १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस