aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा आरती राणा नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ माघ २०७७
सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा आरती राणा नियुक्त

काठमाडौं । सनराइज बैंकले नायव प्रमुख कार्यकारी अधिकृतमा आरती राणालाई नियुक्त गरेको छ । संचालक समितिको सोमबार बसेको बैठकको निर्णय अनुसार आरती राज्यलक्ष्मी राणा नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरिएको हो ।  

विगत १९ वर्ष देखि बैकिङ्ग क्षेत्रमा कार्यरत रहेकी राणा २०७६ कात्तिकमा सनराइज बैंकको नायब महाप्रबन्धकको रुपमा प्रवेश गरेका थिए । एसआइबिएम भारतकोे पुनेबाट एमबिए गरेकी राणाले सन् २००२ मा एभरेष्ट बैंकको म्यानेजमेन्ट ट्रेनीका रुपमा आफ्नो बैंकिङ्ग करियर सुरु गरेकी थिईन् । 

एभरेष्ट बैंकमा पाँच वर्ष कार्य पश्चात ग्लोबल आइएमइ बैंकमा डेपुटी म्यानेजरका रुपमा प्रवेश गर्नुभएको उहाँंले १२ वर्ष उक्त बैंकमा काम गरेकी थिईन् ।  
 

प्रतिक्रिया दिनुहोस