
काठमाडौं । देशमा भित्रने वस्तुको आयात घटेसँगै देशको शोधनान्तर बचत सवा एक खर्बभन्दा बढी देखिएको छ । गत आर्थि कवर्षको पहिलो ६ महिनामा २६ अर्ब ६५ करोड बचतमा रहेको शोधनान्तर यो आवको यो अवधिमा एक खर्ब २४ अर्ब ९२ करोड पुगेको छ । चाल् आवमा आयात घटेका कारणले शोधनान्तर बचतमा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा उल्लेख गरिएको छ ।
आयात घटेको र रेमिट्यान्समा आएको उल्लेख्य वृद्धिका कारण देशको शोधनान्तर अवस्था बचतमा देखिएको हो । त्यसै गरी आयात घट्दै गएको निर्यात बढ्दै गएको कारणले पनि शोधनान्तर बचत बढाउन सघाएको राष्ट्र बैंकले जानकारी दिएको छ । देशमा भित्र्ने मुद्रा बाहिरिने मुद्राभन्दा बढ्यो भने शोधनान्तर बचत हुने गर्दछ ।
मुलुक भित्रिने र बाहिरिने रकमको अन्तर शोधनान्तर स्थिति हो । बचत बढ्नुको अर्थ मुलुक भित्रिने रकम बढी हुनु हो । अघिल्लो आवको पुसमा पनि शोधनान्तर केही भएपनि बचतमा थियो । त्यसपछि बचत वृद्धि हुने क्रम बढ्दै गएको हो । आयात भएको कमी र निर्यात भएको सुधारले यो अवस्था देखिएको हो ।
गत आवको तुलनामा आयात घट्दै गएपनि लकडाउनयता अझ बढी आयात घटेको, रेमिट्यान्स आप्रवाह बढेको, सरकारको बाह्य ऋण बढेकोलगायत कारण शोधनान्तरमा सुधार देखिएको राष्ट्र बैंकले जानकारी दिएको छ । चालु आर्थिक वर्षको यो अवधिमा आयात ४.८ प्रतिशतले घटेर ६ खर्ब ६१ अर्बमा सीमित भएको छ । गएको आवमा यस्तो आयात ६ खर्ब ९४ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो ।
प्रतिक्रिया दिनुहोस