aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

नेपाल बैंकका अध्यक्ष अधिकारीको राजीनामा अर्थमन्त्रीद्वारा स्वीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ माघ २०७७
नेपाल बैंकका अध्यक्ष अधिकारीको राजीनामा अर्थमन्त्रीद्वारा स्वीकृत

काठमाडौं । नेपाल बैंक लिमिटेडका अध्यक्ष बासुदेव अधिकारीले दिएको राजीनामा सरकारले स्वीकृत गरेको छ । लाभांश वितरणमा अर्थमन्त्रालयसँग विवाद भए पछि अधिकारीले आइतबार अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । सोमबार अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अध्यक्ष अधिकारीले दिएको राजीनामा स्वीकृत गरेका हुन् । सरकारी बैंकहरुले लाभांश दिँदा अर्थ मन्त्रालयको समेत सहमति लिनु पर्ने व्यवस्था छ । आफ्नो सहमति विपरित लाभांश पारित गरेको भन्दै अर्थमन्त्री पौडेल उनको राजीनामा स्वीकृत गरेका हुन् । 

बैंकले आफ्ना शेयर धनीलाई नगद लाभांश बाडिसकेको अवस्था असन्तुष्टी देखाएपछि अध्यक्षले अधिकारीले राजीनामा दिएका हुन् । नेपाल बैंकले १६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । १२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने बैंकले निर्णय गरेको हो । यसमा गत आर्थिक वर्ष भन्दा अगाडिको सञ्चित नाफासमेतबाट लाभांश दिने निर्णय गरिएपछि अर्थमन्त्रालय रुष्ट बनेको थियो ।

प्रतिक्रिया दिनुहोस