aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

बैंक अफ काठमाण्डूद्वारा दुई कम्पनीको संस्थापक शेयर लिलामी गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ माघ २०७७
बैंक अफ काठमाण्डूद्वारा दुई कम्पनीको संस्थापक शेयर लिलामी गर्दै

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त र छिमेक लघुवित्तको संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको छ । बैंकले आरएमडिसी लघुवित्तको १ लाख ५० हजार कित्ता र छिमेक लघुवित्तको ७ लाख कित्ता शेयर लिलामी प्रकृयाबाट विक्री गर्न लागेको हो । 

यो शेयर खरिदका लागि इच्छुक बैंकका विद्यमान संस्थापक शेयरधनीहरु, बैंक तथा वित्तीय संस्थाको शेयर खरिद गर्न योग्य अन्य व्यक्ति, कम्पनी, संघसंस्थाहरुले माघ २७ गतेदेखि चैत ३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । यो शेयर बाँडफाँटमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिइने बैंकले जानकारी दिएको छ । 

आरएमडिसी लघुवित्तको शेयरको हकमा प्रतिकित्ता रू. ५२० र छिमेक लघुवित्तको हकमा प्रतिकित्ता रू. ६०० तोकिएको छ । तोकिएको मूल्यभन्दा कम मूल्य अंकित गरी पेश गरेको आवेदन रद्ध हुने समेत बैंकको भनाई छ । शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

 विक्री प्रबन्धकसँगै बैंक अफ काठमाण्डूको विराटनगर, विर्तामोड, बीरगंज, जनकपुर, हेटौडा, नारायणघाट, पोखरा, बुटवल, बाग्लुङ, नेपालगंज, सुर्खेत र धनगण्ी शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस