aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

अन्ततः सनराइज बैंकका सीईओ शर्माले दिए राजीनामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ माघ २०७७
अन्ततः सनराइज बैंकका सीईओ शर्माले दिए राजीनामा

काठमाडौं । पुर्व अर्थमन्त्री डा. युवराज खतिवडाको आडमा जागिर खाइरहेका सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले पदबाट राजीनामा दिएका छन् । नियुक्ती कै दिनदेखि विवादमा आएका पौडेलले केहि महिना अघि नै सञ्चालक समितिमा बुझाएको राजिनामा समितिका अध्यक्षले नै रोकेका थिए ।

उनलाई टिकाउन तत्कालिन अर्थमन्त्री पुत्र तिलकराज खतिवडा समेत लागेका थिए । तिलक सोहि बैंकका कर्मचारी हुन भने अध्यक्ष मोतिलाल दुगडलाई सिईओ पौडेलको जागिर बचाउन बाह्य दबाब परेको चर्चा चल्दै आएको थियो । 

बैंकको सीईओ नियुक्ति केहि महिनापछि नै बैंक सञ्चालक बीचमा विवाद भएपछि उनले राजीनामा दिइएका थिए । तर, उक्त राजीनामा बैंक सञ्चाकल समितिका अध्यक्षका कारण स्वीकृत नभएपछि  उनी नियुक्त भएको १९ महिनापछि राजीनामा दिएका हुन् । उनी २०७६ असार २९ गते ४ वर्षे कार्यकालका लागि सीइओमा नियुक्त भएका थिए । 

उनलाई संरक्षण गर्दै आएका पुर्व अर्थमन्त्री खतिवडा अमेरिका तर्फ प्रस्थान गरेलगतै पौडेलको राजिनामा आउनुलाई वित्तिय क्षेत्रमा अर्थपुर्ण रुपमा विश्लेषण गरिएको छ ।  

सीईओलाई सचेत गराउँदै सनराइजको संकटमा अल्पविराम

गुर्जियो सीईओले सफाइ दिने म्याद,‘सिईओको पदबाट किन अवकाश नदिने हो ?’ (स्पष्टिकरण पत्रसहित)

सनराइजका सञ्चालकले दिए राजिनामा, विवाद यथावत

सनराइजका सञ्चालकको राष्ट्र बैंकमा लर्को, विवाद उत्कर्षमा

प्रतिक्रिया दिनुहोस