
काठमाडौं । एनएमबि बैंकले वि एण्ड वि हस्पिटलमा उपचारको लागि आउनु भएका ब्यक्ति तथा कर्मचारीहरुलाई सहज होस भन्ने उद्धेश्यले एटिएम तथा विस्तारित सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवाको उद्घाटन एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र वि एण्ड वि बोर्डको तर्फबाट डा. सरोज बैंद्यले संयुक्त रुपमा गरेका थिए ।
कार्यक्रममा एनएमबि बैंकबाट कर्मचारीहरुका साथै वि एण्ड विका तर्फबाट डा. रिना बैद्य, विवेक श्रेष्ठ, चेतना व“ासकोटा लगायत व्यक्तिहरुको उपस्थिति थियो । वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै र सुरक्षाका उपायहरु अवलम्बन गदै उक्त कार्यक्रम गरिएको थियो ।
एनएमबि बैंकले हाल देशभरी १८० शाखाहरु, १३६ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस